यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी

 पुष २९, २०८२ मंगलबार १८:२७:१२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ । डब्ल्यूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याककेनले ३१ करोड ८० लाखभन्दा धेरै मानिसले खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेका बताउनुभएको कतार न्युज एजेन्सीले जनाएको छ ।

कार्यकारी निर्देशक म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न द्रुत, रणनीतिक र निर्णायक कार्य आवश्यक रहेको उल्लेख गर्दै डब्ल्यूएफपीले मात्र भोकमरी अन्त्य गर्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घका अधिकारीहरूले मानव निर्मित अनिकाल अन्त्य गर्न, मानवीय कोष बढाउन र विश्वभर बढ्दो भोकमरीको केन्द्रमा रहेको द्वन्द्वलाई सम्बोधन गर्न तत्काल कदम चाल्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् ।

नयाँ वर्षको शुरुआती दुई हप्तामै विश्वले खतरनाक र विश्वव्यापी भोक सङ्कटको जोखिमको सामना गरिरहेको उनीहरूले बताएका छन् ।

अन्तिम अपडेट: माघ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया