हाइटीमा ड्रोन आक्रमणमा १ हजार २०० जनाभन्दा धेरैको ज्यान गयाे : एचआरडब्ल्यू प्रतिवेदन

 फागुन २६, २०८२ मंगलबार १२:५:७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

हाइटीमा भएको ड्रोन आक्रमणमा ६० सर्वसाधारणसहित १ हजार २०० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) ले जनाएको छ ।

हाइटीका सुरक्षा बलहरूले सशस्त्र गिरोहहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा १७ बालबालिका र ४३ वयस्क नागरिक गरी एक हजार दुई जनाभन्दा धेरैको ज्यान गएको प्रतिवेदनलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ ।

आक्रमणमा सात सय ३८ जना घाइते भएका छन् । नोभेम्बरदेखि जनवरीसम्म अघिल्ला तीन महिनाको तुलनामा ड्रोन आक्रमणको सङ्ख्या झन्डै दोब्बर भएको छ ।

गएको मार्चदेखि भेक्टस ग्लोबलको सहयोगमा हाइटीका सुरक्षा बलहरूले राजधानी पोर्ट–औ–प्रिन्सको घनाबस्ती भएका भागहरूमा विस्फोटक पदार्थले बेरिएका क्वाडकोप्टर ड्रोनहरू प्रयोग गरेर गिरोह विरोधी अभियानहरू सञ्चालन गर्दै आएका छन् । भेक्टस ग्लोबल ब्ल्याकवाटरका संस्थापक एरिक प्रिन्सको नेतृत्वमा रहेको एक निजी अमेरिकी सैन्य कम्पनी हो ।

केन्या, अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनका बावजुद सशस्त्र गिरोहहरू राजधानीभन्दा बाहिर धेरै विस्तार भएका छन् र सुरक्षा बलहरूले अझै पनि प्रमुख गिरोह नेतालाई पक्राउ गर्न सकेका छैनन् । गिरोहहरूले हजारौँको हत्या गरेका छन्, १० लाखभन्दा धेरैलाई विस्थापित गरेका छन् र अर्थतन्त्रलाई ध्वस्त पारेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया