अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न इरानको अस्विकार

 फागुन २६, २०८२ मंगलबार १५:१९:२० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर मध्यपूर्वको युद्ध चाँडै समाप्त हुने बताए पनि इरानले त्यसलाई अस्विकार गरेको छ । इरानका उप–विदेशमन्त्री काजेम घरिबाबादीले युद्धमा इरानको हात माथि रहेको दाबी गर्दै अब युद्ध अन्त्य गर्नेबारे इरानको निर्णय महत्त्वपूर्ण हुने बताउनुभएको हो ।

अमेरिका–इजरायलले युद्ध शुरू गरेर गलत गरेको भन्दै उहाँले अब युद्धको अन्त्य इरानले गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।

यसैबीच इरानको इस्लामिक रिभोल्युशनरी गाड्र्स कोप्र्स (आईआरजीसी)ले अमेरिका–इजरायलविरुद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गर्ने बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको दाबी गर्नुभएको थियो । तर, आईआरजीसीले दाबी खण्डन गर्दै आफूसँग शक्तिशाली मिसाइलहरु रहेको दाबी गरेको हो ।

ट्रम्पले हर्मुज मार्गबाट तेल ट्याङ्कर रोक्ने प्रयत्न भएमा इरानमाथि २० गुणा शक्तिशाली प्रहार गरिने चेतावनी पनि दिनुभएको थियो । तर इरानले यस्ता धम्कीका कारण युद्धमा आत्मसमर्पण नगर्ने जनाएको छ । इरानले बहराइन, कुवेत, यूएई, साउदी अरबसहित पश्चिम एशियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी राखेको छ ।

आज बहराइनको मनामामा एक जनाको ज्यान गएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको ज्यान गएको छ । गएराति अमेरिकाले गरेको आक्रमणमा इरानको तेहरानमा रहेको रिसालात स्क्वायर नजिकै कम्तिमा ४० जनाको ज्यान गएको छ । त्यसैगरी लेबनानमा इजरायल र हिजबुल्लाहबीच लडाइँ चलिरहेको छ । इजरायली आक्रमणबाट लेबनानमा मात्रै ४ सय ८६ जना भन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया