रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल निकाल्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीकाे घोषणा

 फागुन २८, २०८२ बिहीबार ६:१०:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा चलिरहेकाे तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल निकाल्ने घाेषणा गरेका छन् ।

आईईएले ४० कराेड ब्यारेल तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे छ । याे झन्डै चार दिनकाे विश्व माग बराबर हाे । आफ्ना ३२ सदस्य देशले यस कदमकाे पक्षमा सर्वसम्मतिले मतदान गरेका एजेन्सीकाे भनाइ छ ।

आईईएले आपत्कालीन भण्डारबाट तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुरूप उपयुक्त समयमा बजारमा उपलब्ध गराइने बताएको छ । एजेन्सीले यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक गरी रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने निर्णयलाई अनुमाेदन गरेकाे थियाे ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशहरूसँग १ खर्ब २० कराेड ब्यारेलभन्दा धेरैकाे आपत्कालीन तेल भण्डार रहेकाे खबरमा उल्लेख छ । यसबाहेक उद्योगसँग सरकारी दायित्वअन्तर्गत ६० करोड ब्यारेलको अतिरिक्त भण्डार छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया