गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा १२ खर्ब ६१ अर्ब १ कराेड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ७ महिना (माघ मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएकाे आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९ दशमलव ८ प्रतिशतले बढेको हो ।
अघिल्लो महिना माघमा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लाे वर्षको यही महिनामा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे छ ।
यस्तै ७ महिनामा वैदेशिक राेजगारीका लागि २ लाख ४५ हजार १५३ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख २७ हजार ४२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लाे वर्षकाे यही अवधिमा २ लाख ७४ हजार ६२२ जनाले अन्तिम श्रम स्वीकृत र १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।