इरानले विश्वकप नखेल्ने

 फागुन २८, २०८२ बिहीबार ९:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएकाे छ ।

खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताउनुभएको हो । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा सहभागिता जनाउन नसक्ने उहाँको भनाइ छ ।

खेलकुदमन्त्रीको भनाइलाई लिएर इरानी फुटबल सङ्घ र विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

४८ वटा टोली सहभागी विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । विश्वकपमा इरानसँगै बेल्जियम, इजिप्ट र न्युजिल्यान्ड समूह ‘जी’ मा रहेका छन् ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वमा तनाव बढेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया