सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
बुर्किना फासोको सैन्य सरकारले १०० भन्दा धेरै गैरसरकारी संस्था (एनजीओ) र नागरिक समाज समूहहरूलाई विघटन गर्न आदेश दिएको छ । सरकारले सबै राजनीतिक दलहरू विघटन गर्ने आदेश जारी गरेको महिनौँपछि एनजीओ र नागरिक समाज समूहहरूलाई विघटन गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सरकारको यो कदमलाई अधिकार समूहहरूले आधारभूत अधिकारमाथि आक्रमण भनिरहेका छन् । एम्नेस्टी इन्टरनेशनलले पछिल्लो कदमले देशको नागरिक समाजमाथि तीव्र दमन देखाएको बताएको छ ।
क्षेत्रीय प्रशासन तथा गतिशीलता मन्त्रालयले बुधवार ११८ गैरसरकारी संस्था र सङ्घहरूलाई वर्तमान कानूनी प्रावधानअनुसार विघटन गर्ने र तिनीहरूको गतिविधिमा प्रतिबन्ध लगाउने घोषणा गरेको खबरमा उल्लेख छ । यी सबै सङ्घ–संस्था बुर्किना फासोमा आधारित छन् र धेरैजसो मानव अधिकारको रक्षामा संलग्न छन् ।
सन् २०२२ को विद्रोहबाट सत्ता सम्हालेदेखि इब्राहिम ट्राओरको नेतृत्वमा रहेको सैन्य सरकारले गैरसरकारी संस्था, युनियन, भेला हुने स्वतन्त्रता र सैन्य शासनको विरोध गर्नेहरूमाथि कारबाही गरेको छ ।
गएको जुलाईमा ट्राओरले अधिकार समूह र सिन्डिकेटहरूको कामलाई प्रतिबन्धित गर्ने कानूनमा हस्ताक्षर गर्नुभएको थियो । त्यसको एक महिनाभित्र सरकारले २१ अधिकार समूहको अधिकार खारेज गरेको थियो भने प्रशासनिक कारणहरू उद्धृत गर्दै अन्य १० अधिकार समूहलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।