सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डौ - अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग खुला नरहने इरानी संसदका सभामुखले चेतावनी दिनुभएको छ ।
पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग हालै भएको वार्तामा इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नाकाबन्दी हट्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिका–इरानबीच युद्धविरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको इरानले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ ।
यसैबीच होर्मुज जलमार्गमा व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको निर्णयको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्नुभएको छ । उहाँले होर्मुजमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रतालाई सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव गुटेरेसले वर्तमान द्वन्द्वको समाधानका लागि भइरहेका कूटनीतिक प्रयासहरूको पूर्ण समर्थन गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।