आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै

 वैशाख ५, २०८३ शनिबार ११:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीकाे आफ्नाे पहिलाे खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा शुरू हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा खेल्न लागेको हो । प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टाेलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।अङ्क तालिकाकाे शीर्ष स्थानमा रहने टाेली विजेता बन्नेछ ।

आजदेखि शुरू भएकाे प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ । आईसीसीले पहिलाे पटक याे प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधवार बिदाइ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया