अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

 वैशाख ५, २०८३ शनिबार ११:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सर्वाेच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलामा सभापति गगन थापाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गरेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले फेरि एकपटक पार्टीलाई बलियो बनाउन साझा यात्रामा अगाडि बढ्ने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो । यो जीत वा हारको कुरा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको कुरा भएको उहाँको भनाइ छ ।

पार्टीका नेता कार्यकर्ताले एकता र पुनरुत्थानका लागि अझ ठूलो जिम्मेवारीका साथ सकारात्मक भूमिका खेल्ने थापाकाे विश्वास छ । यो प्रक्रियामा सभापतिका रूपमा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो काँधमा आएकाे र त्यसैअनुसार सक्रिय हुने उहाँको प्रतिबद्धता छ ।

१५औँ महाधिवेशनको प्रक्रिया शुरू भइसकेको र यसलाई सफल बनाउन तथा पार्टीलाई रूपान्तरण र सुदृढ पार्ने अवसरका रूपमा प्रयोग गर्न पनि उहाँको आग्रह छ ।

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाको पक्षमा फैसला गरेको छ । हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको हो ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया