कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गयो

 वैशाख ५, २०८३ शनिबार १७:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ । उनीहरूका आमा र भाइको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको हिजो बेलुका ज्यान गएको हो । उनीहरूका भाइ ३ वर्षीय दिपेश र आमा २८ वर्षीया राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

आमा र तीन जना छोरा गम्भीर बिरामी छन् भन्ने थाहा पाएपछि प्रहरीले हिजो बेलुका अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउँदा अचेत अवस्थामा रहेका दाजुभाइको ज्यान गएको हो ।

प्रहरीको अनुसन्धानबाट राधिकाले छिमेकमा रहेको पोल्ट्री फार्मबाट बिहीवार बेलुका मरेको कुखुरा लगेको खुलेको छ । पोल्ट्री फार्म सञ्चालकले पैसा नलिई मरेको कुखुरा दिएको खुलेको र उनलाई सोधपुछ गरेर आवश्यक परेमा उपस्थित हुने गरी छाडेको प्रहरीले जनाएको छ ।

राधिकाले यसअघि पनि फार्मबाट मरेको कुखुरा लाने गरेको खुलेको छ । तर पखाला र ज्यान जानुको कारण भने पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया