सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
आज उज्यालो रेडियो र उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २८ औँ वार्षिकोत्सव । योसँगै नेपालमा स्वतन्त्र रेडियोको यात्रा पनि तीन दशक पुग्न लागेको छ । यसबीचमा प्रविधिको तीव्र विकास र प्रयोगसँगै रेडियो सुन्ने तरिका र माध्यम बदलिएका छन्, तर रेडियोको भावनात्मक प्रभाव भने कायमै छ । विशेष गरी ग्रामीण क्षेत्रमा अझै पनि रेडियो विश्वासिलो सञ्चारमाध्यमका रूपमा टिकिरहेकै छ । समाचार र मनोरञ्जनको लागि वैकल्पिक माध्यमहरू धेरै भए पनि रेडियोको विश्वास नघटेकाले समयअनुसारको विषयलाई प्राथमिकता दिनुपर्ने धेरैको सुझाव छ । यिनैमध्ये केही सुझाव :
सकसिंह विष्ट, बैतडी
ग्रामीण क्षेत्रमा अझै पनि अरू डिजिटल माध्यम र टेलिभिजन भन्दा समाचारको श्रोत रेडियो नै हो । ग्रामीण भेगका मानिसको गुनासा, उनीहरूका समस्यालाई उजागर गर्दै आफूलाई फैलाउन सक्यो भने रेडियो टिकिरहन्छ जस्तो लाग्छ ।
विवेचना न्यौपाने, मोरङ
गाउँघरमा भएका वास्तविक स्थितिलाई रिपोर्ट, पडकास्ट लगायतको माध्यमबाट मानिसलाई प्रेरणाका रूपमा सुनाउन सकिन्छ । साथै रेडियोले लैङ्गिक समानताका बारेमा आवाज उठाउन सक्छ । अनलाइनबाटै स्वरोजगार कसरी हुने, सीप विकासका कुराहरू प्रविधिसँग जोडिएर कसरी व्यवहारमा लागू गर्न सकिन्छ र आफूसँग भएका श्रोत साधनको प्रयोग गरी के–के गर्न सकिन्छ भन्ने बारे प्रशारण भयो भने मानिसहरू रेडियोप्रति अझ बढी विश्वस्त हुन सक्छन् जस्तो लाग्छ । यसले मानिसको जीवनमा र रेडियोको उत्थानमा सहयोग पुग्छ ।
प्रदमनसिंह राजपुत, पर्सा
हाम्रो समाजमा विभिन्न किसिमका विकृतिहरू छन् । सामाजिक भेदभावहरू छन् । यी कुराहरूलाई रेडियोले उजागर गरेर सशक्तीकरणको भूमिका खेल्नुपर्छ । समाजका हरेक राम्रा र नराम्रा विषयहरूलाई वस्तुपरक भएर प्रशारण गर्न सके मानिसले रेडियो सुन्छन् जस्तो लाग्छ ।
अञ्जन बस्नेत, सिन्धुपाल्चोक
अहिले डिजिटल युग आएको छ । सबैजसो मानिसको हात हातमा स्मार्टफोन छ । स्मार्टफोन आए पनि यसैको प्रयोग गरेर रेडियो सुनेको अवस्था छ । सामाजिक सञ्जालमा आएका कतिपय कुरा समाचार हो कि होइन भनेर छुट्याउन गाह्रो छ । समाचारलाई विश्वास गरी हाल्न अप्ठ्यारो छ । यसको विश्वासिलो माध्यम रेडियो, टेलिभिजन र पत्रिका बनेका छन् । सत्य–तथ्य समाचार गाउँ गाउँसम्म पुर्याउन सक्यो भने त्यहाँको अवस्था केन्द्रको सरकारले सुन्न पाउनेछ ।
पुनम सुवेदी, पर्वत
रेडियोमा नयाँ–नयाँ कार्यक्रमहरू ल्याउन जरुरी छ । टेलिभिजनमा भिडियोसहित आउने भएकाले हेरिरहन मन लाग्छ । रेडियोमा आउने कार्यक्रम सुन्न छुट्टै किसिमको मन लाग्ने हुन्छ । रेडियोमा पुराना लेखकहरूको लेखलाई वाचन गर्ने कार्यक्रम, रेडियोकै मार्फतबाट विभिन्न प्रतियोगिता गर्ने, मानिसलाई रुचि लाग्ने विषयवस्तुको अध्ययन गरेर प्रशारण गर्न सक्यो भने रेडियो सुन्ने रस फेरि फर्किन्छ जस्तो लाग्छ ।
मनिष बोहोरा, बझाङ
रेडियोले ग्रामीण क्षेत्र, शिक्षाको कमी भएका ठाउँमा शैक्षिक जागरण अभियानका कार्यक्रमहरू ल्याउनुपर्छ । ग्रामीण क्षेत्रमा बसेर उद्यम व्यवसाय गर्ने मानिसको व्यापारको प्रवर्द्धन गरी प्रोत्साहन गर्ने किसिमको कार्यक्रमहरू प्रशारण गर्नुपर्छ । हरेक मानिसको अधिकार र कर्तव्यहरूका बारेमा जानकारी दिने, कानुनी साक्षरताका बारेमा रेडियोले कार्यक्रम प्रशारण गरी मानिसलाई सुसूचित गर्नुपर्छ ।
दिवश पौडेल, कपिलवस्तु
उज्यालो रेडियो नेटवर्क सानै उमेरदेखि सुन्दै आएको हो । पहिलेदेखि नै रेडियोमा प्रशारण हुने समाचार तथ्यपरक हुन्छ भन्ने छ । रेडियोमा समाचार तोडमोड हुँदैन, जे हो त्यही आउँछ भनेर मानिसले सुन्ने अनि बुझ्ने गरेको पाइन्छ । यी कुराहरूलाई रेडियोले निरन्तरता दिनुपर्छ । समयअनुसारका रेडियो नाटक, बिहानको समयमा भजन, दिउँसो साङ्गीतिक कार्यक्रम प्रशारण गर्यो भने मानिसले रेडियो सुनिरहन्छन् जस्तो लाग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।