म्याग्दीमा महशिकार शुरु : पहिलो दिन झण्डै ७० लिटर मह निकालियो

 वैशाख १९, २०८३ शनिबार ११:५:४७ | रासस
unn.prixa.net

काठमाण्डौ - म्याग्दीमा मह सिकार शुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । 

धवलागिरि गाउँपालिका–२ खोरीयाका महशिकारी मोतीप्रसाद पाइजाले हिजोदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभीरमा रहेका दुई घारमा १५ जनाको टोलीले हिजो झण्डै ७० लिटर मह निकालेको छ । बेँसीका भीरबाट शुरु हुने मह शिकार असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो । 

मह शिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुन्डिएर मह निकाल्ने गर्छन् । वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ । प्रतिलिटर तीन हजार देखि तीन हजार ५ सय रुपैयाँका दरले भीर मह बिक्री हुने गर्छ ।  

 

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया