सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले ओमानलाई ८१ रनले हराएको छ । नेपालले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याएको ओमान ३९ ओभर ५ बलमा १ सय ७५ रनमा अलआउट भयो ।
ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए । नेपालका गुलशन झाले ५ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ५६ रन बनाएर अलआउट भयो । नेपालका आशिफ शेखले ९४, अर्जुन कुमालले ४८ र आरिफ शेखले ४३ रन बनाए । ओमानका नदिम खानले ३ विकेट लिए ।
घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । आठ टोली रहेको लिग–टुमा नेपाल २४ खेलमा १८ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २८ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले लिग–२ कै खेलमा यही वैशाख २९ देखि तालिकाका शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।