अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा सैन्य गतिविधि तीव्र

 वैशाख २२, २०८३ मंगलबार १८:३१:७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

मध्यपूर्वमा इरान र अमेरिकाबीचको बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) मा मिसाइल तथा ड्रोन आक्रमणको प्रयास भएको छ । यूएईले इरानबाट प्रहार गरेका ब्यालिस्टिक र क्रुज मिसाइलहरू सफलतापूर्वक अवरोध जनाएको छ ।

यस घटनासँगै खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ । कतारी सञ्चारमाध्यम अल जजिराका अनजुसार यूएईको पूर्वी तटमा रहेको एक महत्वपूर्ण तेल पूर्वाधारमा ड्रोन आक्रमण हुँदा आगलागी भएको थियो । यो घटनामा तीन भारतीय नागरिक घाइते भएका खबरमा उल्लेख छ । यद्यपि, इरानले यो आक्रमण आफूले योजनाबद्ध रूपमा नगरेको दाबी गर्दै घटनाका लागि ‘अमेरिकी सैन्य हस्तक्षेप’ जिम्मेवार रहेको आरोप लगाएको छ ।

इरानी अधिकारीहरूले अमेरिकी उपस्थितिले क्षेत्रीय अस्थिरता बढाएको बताएका छन् । यसैबीच, अमेरिकी पक्षले आफ्नो सैन्य सम्पत्तिमाथि आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ । दुवै पक्षबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा तनाव थप चर्किएको छ । रणनीतिक रूपमा अत्यन्त संवेदनशील हर्मुज जलमार्ग क्षेत्रमा सैन्य गतिविधि तीव्र बनेको छ ।

अमेरिकाले जहाजहरूको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ भने इरानले यसलाई आफ्नो सार्वभौमिकतामाथि चुनौती मानेको छ । द्वन्द्व चर्किँदा विश्व बजारमा तेलको भाउ बढेको छ ।

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेपछि ऊर्जा आयातमा निर्भर देशहरुमा आर्थिक दबाब बढेको छ । विशेषज्ञहरूका अनुसार यूएईको तेल पूर्वाधारमा भएको आक्रमणले खाडी क्षेत्रको ऊर्जा आपूर्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया