हर्मुज जलमार्ग खुला गर्ने अभियान तत्कालका लागि रोकेको ट्रम्पको घोषणा

 वैशाख २३, २०८३ बुधबार ८:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्तिवार्ता नभएको भन्दै हर्मुज मार्ग खुलाउने अभियान तत्कालका लागि रोकेको घोषणा गर्नुभएको छ । 

योसँगै हर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी यथावत् रहने भएको छ । सामाजिक सञ्जाल ट्रुथ शोसलमार्फत यस्तो घोषणा गर्नुभएको हो । यस विषयमा इरानले भने कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि ट्रम्पले अमेरिकी सैन्य र आर्थिक दबाबका कारण इरान वार्तामा आउन बाध्य भएको बताउनु भएको थियो । 

यसैबीच, अमेरिकी सेनाले केही इरानी डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको दाबी गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले इरानबाट आएको अर्को मिसाइल र ड्रोन आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ । 

यसअघि पनि युएईले इरानी मिसाइल रोकेको दाबी गरेको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले पनि इरानी नियन्त्रण क्षेत्र विस्तार गरिएको नयाँ नक्सा सार्वजनिक गर्दै तोकिएको मार्गमै चल्न चेतावनी दिएको छ, अन्यथा ‘निर्णायक प्रतिक्रिया’ दिइने जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया