सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डौ - वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ ।
समितिले जोखिमका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म आवागमन बन्द गराएको हो । पानी पर्दा रोशी खोलामा बाढी आउने र खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने गरेकाले रातको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमितबारे सूचनामार्फत जानकारी गराइनेछ । काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न ठाउँमा अस्थायी डाइभर्सन बगाउँदा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।
विगतमा चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।