चितवनको प्रहरी स्कुलका विद्यार्थी र कर्मचारीलाई विपद्‍बाट जोगिन अभिमुखीकरण

 वैशाख २३, २०८३ बुधबार ११:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चितवनको नेपाल प्रहरी स्कुल शान्तिपुरले शैक्षिक सत्रको शुरुवातमा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक/कर्मचारीलाई विपदीय घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणबारे प्रशिक्षण दिएको छ । 

आकस्मिक घटना भूकम्प, आगलागी, चट्यांङ, हावाहुरी आउँदा के–कसरी सुरक्षित रहने, शिक्षक एवं कर्मचारीहरूले त्यस्तो बेला के कस्ता काम गर्ने भन्ने विषयमा नमुना अभ्यास समेत गरी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । 

अभ्यासको क्रममा भूकम्प आएको एउटा काल्पनिक घटनामार्फत विद्यार्थीलाई कक्षा कोठामा हुँदा कसरी सुरक्षित रहने, कक्षामा भएका शिक्षकले के–कस्तो भूमिका अपनाउने, विद्यालयको सुरक्षित ठाउँ छनोटलगायतका विषयमा अभ्यास गराइएको थियो । 

अभ्यासमार्फत घाइते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसँग समन्वयबारे पनि जानकारी प्रदान गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यालयका प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यालयमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पूर्व तयारीको अभ्यास गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । 

साथै सम्पूर्ण विद्यार्थीको स्वास्थ्य जाँचको कार्यक्रम समेत भएको छ ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया