आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना

 वैशाख २३, २०८३ बुधबार ११:८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना छ । 

गएराति र आज बिहान पूर्वका धेरैजसो जिल्लामा पानी परेको थियो । अहिले नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भागमा अहिले साधरणतया बादल लागेको छ भने बाँकी तराई भागमा आंशिक बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना छ । 

त्यसैगरी, आज राति कोशी प्रदेशको केही ठाउँ, मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।     

 

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया