संवैधानिक परिषद्को बैठक भोलि बेलुका ५ बजेका लागि आह्वान

 वैशाख २३, २०८३ बुधबार १४:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बेलुका ५ बजे बस्ने गरी बैठक आह्वान भएकाे हो ।

गएको चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुनेछ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । त्यस्तै निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पनि पदाधिकारी रिक्त रहेकाले बैठकबाट नयाँ नियुक्ति गरिनेछ ।

यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्ने व्यवस्था गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहन्छन् ।

संवैधानिक पदहरूमा नियुक्तिका लागि परिषद्ले सिफारिश गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया