आईपीएल २०२६ काे फाइनल बेङ्गलुरुबाट अहमदाबाद सर्‍याे

 वैशाख २३, २०८३ बुधबार १६:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को फाइनल यही मे ३१ मा अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुने भएको छ । सन् २०२५ काे आईपीएल फाइनल पनि यही रङ्गशालमा भएकाे थियाे । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आज आईपीएल प्लेअफको तालिका सार्वजनिक गरेको हो । यसअघि आईपीएल फाइनल आयोजना गर्न बेङ्गलुरुलाई तोकिएको थियो । तर स्थानीय सङ्घ र प्रशासनको केही आवश्यकताहरू बीसीसीआईले तोकेको दिशानिर्देशक र प्रोटोकलको दायराभन्दा बाहिर रहेका कारण आईपीएल फाइनलको स्थान परिवर्तन भएको हो ।

मे २६ मा धर्मशालाका एचपीसीए रङ्गशालामा तालिकाका शीर्ष दुई टोलीले क्वालिफायर–१ खेल्नेछन् । यस खेलको विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ ।

यस्तै मे २७ मा न्यू चण्डीगढको महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा तालिकाका तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । मे २९ मा यही मैदानमा क्वालिफायर–२ हुनेछ । यसमा क्वालिफायर–१ मा हार्ने र एलिमिनेटरमा जित्ने टोलीले खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया