सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डाै – सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहणका लागि तेस्रो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।
आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएपछि त्योभन्दा माथि एक्सपिडिशन अपरेटर्स एसोसिएशन अफ नेपालले बाटो बनाएको हो ।
खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको बाटो खुलाउन चुनौतीपूर्ण मानिन्छ । त्यहाँ हरेक वर्ष एसपीसीसीले आइसफल डाक्टरहरू परिचालन गरेर भर्याङ लगाउने, डोरी टाँग्नेलगायतका काम गरी बाटो बनाउँछ ।
दोस्रो शिविरभन्दा माथि कुनै आरोहण कम्पनीले जिम्मा लिएर आरोहीहरूमार्फत डोरी टाँग्ने काम हुन्छ । उचाइ बढी भए पनि भूगोलका कारण तुलनात्मक रूपमा दोस्रो शिविरमाथि बाटो खुलाउने काम सहज हुने आरोहीहरू बताउँछन् ।
मौसम अनुकूल रहेमा चौथो शिविर हुँदै शिखरसम्म डोरी टाँग्ने काम १० दिनभित्र सक्ने लक्ष्य छ । यस सिजनका लागि सगरमाथा र ल्होत्से हिमालमा डोरी टाँग्ने तथा मार्ग निर्माण गर्न १० जना अनुभवी शेर्पाको टोली खटिएको छ ।
पर्यटन विभागका अनुसार आजदेखि आरोहण कम्पनीहरूले तेस्रो शिविरमा क्याम्प बनाउने अनुमति पाएका छन् । तर आज त्यहाँको मौसम प्रतिकूल बनेको छ ।
सगरमाथाको चौथो शिविरसम्म क्याम्प स्थापना गरिन्छ । चौथो शिविरबाट भने आरोहीहरू शिखरमा पुगेर फर्कन्छन् ।
पर्यटन विभागका अनुसार सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहणका लागि अहिलेसम्म ४६४ जना आरोहीले अनुमति लिएका छन् । यस्तै ल्होत्सेमा १११ र नुप्सेमा ५२ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथाका छिमेकी भनिने ल्होत्से र नुप्से आरोहणका लागि पनि तेस्रो शिविरसम्म एउटै मार्ग प्रयोग हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।