अमेरिकासँग बृहत् सम्झौता चाहन्छाैँ : इरान

 वैशाख २३, २०८३ बुधबार १५:१७:२ | एजेन्सी
unn.prixa.net

तस्वीर : सिन्ह्वा

इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र स्वीकार गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटपछि अराघचीले इरानले वार्तामा आफ्ना वैध अधिकार र हितहरूको रक्षा गर्न सक्दो प्रयास गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अलपत्र परेको जहाजहरूलाई गन्तव्यमा पठाउन सैन्य कारबाही रोक्ने प्रस्तावबारे इरानी विदेशमन्त्री अराघचीले कुनै प्रतिक्रिया दिनु भएन ।

सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ कि सकिँदैन भनेर हेर्नका लागि थोरै समयका लागि सैन्य कारबाही रोक्ने उल्लेख गर्नुभएको छ । यद्दपि उहाँले इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताउनुभएको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि द्वन्द्व शुरू भएयता हर्मुज जलमार्ग लगभग बन्द छ । हर्मुज अवरुद्ध हुँदा विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भएको छ र विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया