सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डाै – हिजो ८ अङ्कले बढेको शेयर बजार आज सामान्य घट्यो । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६४ अङ्कले घटेर २ हजार ७११ दशमलव २२ विन्दुमा झरेको छ ।
आज विकास बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक सामान्य बढेको छ । आज १४९ वटा कम्पनीको शेयर घटेकोमा १०४ वटाको बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज भागवती हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर १३ दशमलव ७४ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार कित्ता शेयर ३ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।