चुनावी नतिजापछि पश्चिम बङ्गालमा हिंसा भड्कियाे, कम्तीमा ४ जनाकाे ज्यान गयाे

 वैशाख २३, २०८३ बुधबार १८:१४:२६ | एजेन्सी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

विधानसभा चुनावकाे नतिजापछि भारतको पश्चिम बङ्गाल राज्यमा हिंसा भड्किएको छ । चुनावी नतिजापछि पश्चिम बङ्गालमा शुरू भएको हिंसा सन् २०२१ को विधानसभा चुनावपछि भएको हिंसाको पुनरावृत्ति जस्तो देखिएको बीबीसी हिन्दीले जनाएको छ ।

ठूलो सङ्ख्यामा केन्द्रीय बल परिचालनका कारण चुनाव धेरै हदसम्म हिंसामुक्त रहेको थियो । तर चुनाव नतिजापछि राज्यका विभिन्न भागहरूमा भड्किएको हिंसामा कम्तीमा चार जनाको ज्यान गएको र अन्य धेरै घाइते भएका खबरमा उल्लेख छ ।

धेरै ठाउँमा तृणमूल कांग्रेसको कार्यालयहरूमा आक्रमण, आगजनी, तोडफोड तथा पार्टी समर्थक र कार्यकर्ताहरूको घरमा आक्रमणका घटना भएका छन् ।

अस्ति रातिदेखि शुरू भएको हिंसापछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राज्यका शीर्ष प्रहरी र प्रशासनिक अधिकारीहरूलाई हिंसामा संलग्नहरूलाई पक्राउ गर्न निर्देशन दिनुभएको छ ।

यसैबीच तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीले भारतीय जनता पार्टी (भाजपा) माथि राज्यभर हिंसा फैलाएको आरोप लगाउनुभएको छ । भाजपाले भने यी हिंसात्मक घटनाहरूमा कुनै पनि पार्टी कार्यकर्ता वा समर्थक संलग्न नभएको दाबी गरेको छ ।

पश्चिम बङ्गालमा भएको विधानसभा चुनावमा भाजपाले सत्तारूढ तृणमूल कांग्रेसलाई हराउँदै स्पष्ट बहुमत ल्याएको थियो । पश्चिम बङ्गालमा सन् २०११ देखि निरन्तर सत्तामा रहेको मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसलाई हराउँदै भाजपाले पहिलो पटक सरकार बनाउन लागेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया