सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
काठमाण्डाै – आईसीसी एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र र सन्दीपले सुधार गरेका हुन् ।
घरेलु मैदानमा भर्खरै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए । एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा सन्दीपले ७ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका छन् ।
यस्तै सन्दीप एकदिवसीय बलिङ वरीयतामा १५ स्थान सुधार गर्दै ४३औँ स्थानमा आइपुगेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका कुनै पनि खेलाडी शीर्ष १०० मा अटाउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।