सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिश

 वैशाख २७, २०८३ आइतबार १८:२३:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय योजना आयोगले ८ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ ।

आयोगको पछिल्लाे बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र त्यसअन्तर्गतका ट वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक खण्डका १४ वटा पुल, रोल्पामा रहेकाे शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिसश गरेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि ९ अर्ब ९० करोड रुपैयाँ प्रस्ताव भएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न ५३ वटा आयोजनाका लागि पनि ३ अर्ब ८१ करोड ७ लाख रुपैयाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफरिश भएको छ ।

आयोगले नरदेवीमा रहेकाे आयुर्वेद चिकित्सालय (ब्लक बी), लगनखेलमा रहेकाे मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधासहितको १०० शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लगि शुरू विनियोजन रकमको ४ गुणाभन्दा धेरै नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिश गरेको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया