राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ ।
कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौ लगायतका हिमाली/पहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहीवारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बितेका दुई हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो । यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ ।
भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ । यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।