राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ — कृत्रिम बुद्धिमत्ता (एआई) एक्सरे उपकरणमार्फत जिल्ला कारागार बाँके नेपालगञ्जमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको क्षयरोग पहिचान शुरु गरिएको छ । यो विधिबाट क्षयरोगको खोजपड्ताल गर्न शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग सम्पर्क व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्सरे विश्लेषण गरेर क्षयरोगको सम्भावित सङ्क्रमण पत्ता लगाउने गरिएको छ । यो आधुनिक प्रविधि हो । यसमा बिरामीको छातीको एक्सरे तस्बिर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, सङ्क्रमण वा क्षयरोगसँग मिल्ने सङ्केत विश्लेषण गर्ने शाहले बताउनुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा ७ सय २९ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।