राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ । वल्ड पपुलेसन रिभ्यूले सार्वजनिक गरेको ‘महिला शान्ति तथा सुरक्षा सूचकाङ्क–२०२६’ अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन् कमजोर बनेको उल्लेख गरिएको छ ।
रिपोर्टअनुसार अफगानिस्तानमा महिलामाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त न्यून रहेको छ । महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ ।
लामो समयदेखिको गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन् । त्यसैगरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो लोकतान्त्रिक गणतन्त्र, सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त मुलुकहरू पनि महिलाका लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन् ।
रिपोर्टले युद्ध, राजनीतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाको जीवन झन् कठिन बन्दै गएको जनाएको छ ।
यता नेपाल महिला सुरक्षा सूचकाङ्कमा १ सय २० औँ स्थानमा रहेको छ । नेपाल युद्धग्रस्त मुलुकहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।