यस वर्ष विपदबाट १९ लाखभन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान

 वैशाख २८, २०८३ सोमबार १८:२४:८ | रासस
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपद्को जोखिम उच्च रहने अनुमान गरेको छ । प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपद्को जोखिम उच्च रहेको हो ।

प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ ।

मस्यौदाअनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ । तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेषगरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुनसक्ने अनुमान छ ।

प्रतिवेदनमा मनसुन अवधिमा देशभर झन्डै ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान छ । प्रदेशगत विश्लेषणअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ ।

प्राधिकरणले विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया