राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा देशका धेरैजसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
म्याग्दीको तातोपानी स्टेशनमा सबैभन्दा धेरै ९८ मिलिमिटर वर्षा मापन भएको छ । गएराति गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पनि पानी परेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बढी सक्रिय रहने देखिएको छ । यी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।
आज रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना अझ बढ्ने देखिएको महाशाखाले जनाएको छ । मेघ गर्जन, चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।