राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरु हुँदैछ । आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
गएरातिको वर्षाले मैदान ओसिलो छ । यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युएई सम्मिलित श्रृंखला खेलको थियो । नेपालले चारमध्ये ३ खेलमा जित निकालेको थियो । लिग–टु मा नेपाल १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका ३६ अंकसहित पहिलो र स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।
यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग दुई÷दुई वटा अभ्यास खेल खेलेकोमा सबै जितेको छ । नेपाल ‘ए’ टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन् । नेपालले जेठ २ मा अमेरिकासँग, जेठ ४ मा फेरि स्कटल्यान्डसँग अनि जेठ ८ मा अमेरिकासँग खेल्नेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।