पाकिस्तानसँगकाे द्वन्द्वमा ३ महिनामा ३७२ अफगानी नागरिक मारिए : यूएन

 वैशाख २९, २०८३ मंगलबार १८:३१:५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

सन् २०२६ को पहिलो तीन महिनामा तालिबान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्द्वका कारण कम्तीमा ३७२ जना अफगानी नागरिक मारिएका छन् । दुई देशबीचको द्वन्द्वका कारण अन्य ३९७ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तानबीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख छ ।

तालिबान सरकारले आतङ्ककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ । यद्दपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ ।

यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्द्वमा १३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ ।

अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया