सरकारले सुकुम्वासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेरोस् : प्रचण्ड

 वैशाख २९, २०८३ मंगलबार १७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिब, सुकुम्वासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा संयाेजक प्रचण्डले गरिब र सुकुम्वासीलाई विकासका अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले विना योजना र पूर्वतयारी जबरजस्ती सुकुम्वासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमिसम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड दिनुभयो ।

गरिब, मजदुर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म सरकारसँग आग्रह गर्न चाहन्छु, गरिबहरू समृद्धिका बाधक होइनन् । सुकुम्वासीहरू विकासका अवरोधक होइनन् । विना कुनै योजना, विना कुनै पूर्वजानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लडाइँ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएको हो । नागिरकलाई उठिबास लगाएर, बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन । यसमा सरकारले पुनर्विचार गरोस् ।’

अन्तिम अपडेट: जेठ २७, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया