नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेन : नेता थापा

 वैशाख २९, २०८३ मंगलबार १७:३३:६ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसद्को अधिवेशन स्थगित गरी ८ वटा अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो । ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

तत्कालीन राजनीतिक दलहरूको कमजोरीका कारण स्थापित नयाँ दलले नागरिकको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो ।

नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: जेठ २७, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया