हर्क साम्पाङकाे प्रश्न– ‘याे सरकारकाे प्रधानमन्त्री छ कि छैन ?’

 वैशाख २९, २०८३ मंगलबार १७:५१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रतिपक्षी दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले नागरिकले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्दै संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री शाह नागरिकको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्नु भएको हो कि भन्ने जिज्ञासासमेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको नागरिकका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ । नागरिकका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? नागरिकको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल भन्न सकिन्छ ?’

अध्यक्ष साम्पाङले सरकारसँग नागरिक डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया