अर्घाखाँचीमा बस दुर्घटना : ४ जनाकाे ज्यान गयाे

 वैशाख २९, २०८३ मंगलबार १८:१८:३८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएकाे छ ।

आज सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटमा रहेकाे कुडेलेमा दुर्घटना भएको थियो । ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

३० जना चढेको बस सडकबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २२ जनालाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया