सगरमाथा आराेहणका लागि बाटाे बनाउने टाेली शिखर नजिक पुग्याे

 वैशाख २९, २०८३ मंगलबार १८:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सेभेन समिट ट्रेक्स

काठमाण्डाै – सगरमाथामा यस वर्षको वसन्तकालीन यामकाे आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ ।

दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाँग्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली ७ हजार ९०६ मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले ८ हजार ४०० मिटरमा रहेको बाल्कनी खण्डतिर डोरी टाँग्ने गर्ने काम गरिरहेको छ ।

मौसम प्रतिकूल नभएमा वा अरू कुनै समस्या नआएमा भोली बिहानसम्म डोरी टाँग्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ । हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाँग्ने काम अत्यन्त महत्त्वपूर्ण मानिन्छ जसले सयौँ आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ ।

यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन भएको छ । सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया