राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतकाे अर्थ समितिकाे आजकाे बैठकमा अर्थमन्त्री वाग्लेले १०० रुपैयाँभन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो । विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापर्बाही भएको सङ्केत गर्दै उहाँले तराई–मधेशका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
साबुन, चिनीजस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै वाग्लेले सङ्गठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कारबाही गरिने चेतावनी दिनुभयो ।
राजस्व नियन्त्रणका लागि तीनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने उहाँले जानकारी दिनुभयो । सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।