हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो १४ अर्ब बराबरको सुरक्षा बजेट

 वैशाख ३०, २०८३ बुधबार ६:१:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिसनमा ड्रोन, टाइफुन लडाकु विमान, युद्ध पोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ । 

यस अभियानका लागि बेलायतले झन्डै ११५ मिलियन पाउण्ड अर्थात् १४ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा बजेटसमेत छुट्याएको अल जजिराले जनाएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दाबी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनुभएको छ । 

यस्तै, इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा १ सैनिक र २ स्वास्थ्यकर्मीसहित १३ जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । यस समूहले ड्रोन, रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ । 

यस्तै, अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन् । 

मध्यपूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नुपरेको बहस अमेरिकी सिनेटमा उठेको छ ।
 

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया