राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई हराएको छ । गुजरात ८२ रनले विजयी भएको हो ।
हिजो बेलुका अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रन बनाए ।
गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले ३/३ विकेट लिए ।
आईपीएल अङ्क तालिकामा गुजरात १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेका छ भने हैदरावाद समान खेलमा १४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।