राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – अस्ट्रेलियाको बिग बाश लिग (बीबीएल) २०२६–२७ को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ । बीबीएलको आउँदो १६औँ संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुने तयारी भएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो । लगत्तै तमिलनाडु क्रिकेट सङ्घ (टीएनसीए) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढेको खबरमा उल्लेख छ ।
हिजो क्रिकेट अस्ट्रेलियाको पाँच सदस्यीय टोली चेन्नईको मैदान निरीक्षणका लागि पुगेको थियो । यद्दपि चेन्नईमा हुने बीबीएलको उद्घाटन खेलमा कुन टोलीबीच प्रतिस्पर्धा हुने भन्ने टुङ्गो लागेको छैन । सिड्नी थन्डर, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक देखिएका छन् ।
सरकारी तहमा छलफल बाँकी नै रहेकाले उद्घाटन खेलको मिति घोषणा हुन समय लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।