प्रधानन्यायाधीशमा मनाेजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

 जेठ ५, २०८३ मंगलबार १६:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा सिफारिश हुनुभएका शर्माकाे नाम समितिको आज बसेकाे बैठकले अनुमोदन गरेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बाेधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सुनुवाइ प्रक्रियाका क्रममा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ । सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ ।

विशेषगरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ । संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया