पश्चिम तराईमा तापक्रम ३७ डिग्री सेल्सियस नाघ्यो

 जेठ ५, २०८३ मंगलबार १८:८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभर तापक्रम बढ्दै गएको छ । विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सबैभन्दा धेरै तापक्रम कैलालीको धनगढीमा ३७ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । यस्तै नेपालगञ्जमा ३६ दशमलव ७, भैरहवामा ३४ दशमलव ८, विराटनगरमा ३३ डिग्री तापक्रम मापन भएको छ ।

पछिल्ला केही दिनयता नेपालगञ्ज, धनगढी, भैरहवा, टीकापुर, अत्तरिया र महेन्द्रनगरलगायत पश्चिम तराईका ठाउँहरूमा तापक्रम लगातार बढिरहेको छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढिरहेको हो । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आगामी केही दिन अझै गर्मी बढ्ने अनुमान छ ।

सर्वसाधारणलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाको अनुरोध छ । साथै प्रशस्त पानी र झोलिलाे पदार्थ खान तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूको आग्रह छ ।

तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया