राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माको शपथ

 जेठ ५, २०८३ मंगलबार २१:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

संवैधानिक परिषद्को गएको वैशाख २४ गतेको निर्णयअनुसार प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले आजै सर्वसम्मत अनुमोदन गरेको थियो ।

आजै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उहाँले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिले उजुरीकर्ताहरूसँग पनि आजै छलफल गरेको थियो ।

शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया