राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ - विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो ।
अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ । फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ ।
कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो । यसअघि शाहले नै निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो ।
सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथाभूमिबाट बनेको नेपाली फिल्मले कान्सजस्तो विश्वकै प्रतिष्ठित मञ्चमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।