राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाण्डाैकाे तीनकुनेमा रहेकाे रोयल म्याजेस्टिक इभेन्ट्समा हिजाे आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा भएको हो ।
प्रतियोगितामा ‘मिस सिनियर आइडल’ को अवार्ड आरिया खत्रीले जितिन् । महिमा दाहाल फर्स्ट रनरअप तथा उमी थापा सेकेण्ड रनरअप बने । पब्लिक च्वाइस अवार्ड पनि आरिया खत्रीले नै जितिन् ।
त्यसैगरी ‘मिस लिटिल जुनियर’ तर्फ आरुन्या राई विजेता बनिन् भने दिप्सना खतिवडाले पब्लिक च्वाइस उपाधि पारिन् । ‘मिस जुनियर’ तर्फ आकाङ्क्षा लामा विजेता घोषित हुँदा निलाश्री प्रसाईं फर्स्ट रनरअप र सान्भी पराजुली सेकेण्ड रनरअप बने । समृद्धि राउत पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन् ।
‘मिस्टर आइडल’ तर्फ समीप बुढाथोकी विजेता बने भने प्रियान्स आचार्य फ्रस्ट रनरअप र रेहान श्रेष्ठ सेकेण्ड रनरअप घोषित भए । रिजोन पौडेलले पब्लिक च्वाइस अवार्ड जिते ।
यस सिजनमा लिटिल जुनियरतर्फ ६ देखि ८ वर्ष, जुनियरतर्फ ९ देखि १२ वर्ष तथा सिनियरतर्फ १३ देखि १५ वर्ष उमेर समूहका प्रतियोगीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताअघि सहभागीलाई एक महिनासम्म प्रशिक्षणसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
बालबालिका तथा किशोरकिशोरीमा लुकेका प्रतिभा उजागर गर्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व विकासमा सहयोग पुर्याउने तथा कला प्रदर्शनका लागि उपयुक्त प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेकाे आयोजक स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ ।
कार्यक्रममा स्पार्कल इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नितु श्रेष्ठले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।