राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने भएको छ । नेपाल एडभेन्चर रनिङ फेडरेसनले आउँदो असार ३ गते ‘रामारोशन स्काई रन–२०२६’ को आयोजना गर्न लागेको आज काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेसनले जनाएको छ ।
‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रख्यात, समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि ३ हजार ८ सय ५० मिटरसम्म फैलिएको रामारोशन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमशृङ्खलाबीच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ ।
२८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधा समावेश गरिएको छ । यस्तै स्थानीय युवालाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि पाँच किलोमिटर सामुदायिक दौडसमेत राखिएको छ । प्रतियोगितामा एक सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
७ लाख ५२ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार दिइने फेडरेसनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिनुभयो । साथै नेपालमा स्काई रनिङको सम्भावना धेरै रहेको र अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सकिने सम्भावना रहेकोले याे प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
प्रतियोगिताका संयोजक निरुपमध्वज कार्कीले फेडेरसनले आधिकारिक रूपमा पहिलो पटक यस किसिमको प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रहेको छ । २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । साथै, पुरुष तथा महिला दुवै विधाका शीर्षकमा १० स्थान प्राप्त गर्ने धावकहरूलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ किलोमिटर सामुदायिक दौड अन्तर्गत पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रस्कार पाउने छन् । सबै विजेताहरूलाई टर्फी मेडल तथा प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।
प्रतियोगिताको कुल लागत ४० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, अन्तर्राष्ट्रिय खेल पर्यटनको विस्तार तथा रामारोशन क्षेत्रलाई विश्व स्तरको साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।