राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ - दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।
खेल भारतको गोवामा रहेको पण्डित जवाहरलालनेहरु रङ्गशालामा दिउँसो सवा ४ बजे शुरु हुनेछ । विगत पाँच वर्षयता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ । सन् २०२२ र २४ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बङ्गलादेशसँगको खेलमा आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो रूपमा प्रस्तुत हुने बताउनुभयो । समूह चरणको खेलमा नेपालले भुटानलाई १–० र श्रीलङ्कालाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
बङ्गलादेशले समूह चरणको खेलमा मालदिभ्सलाई हराउँदा भारतसँग हार बेहोरेको थियो । आजै भारत र भुटानबीचको दोस्रो सेमिफाइनल खेल राति सवा ८ बजे हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।